कमरेड च्याङ चमिनको अन्त्येष्टि समितिको सूचना
2022-12-01 19:49:36CRI
Share with:

डिसेम्बर ६ तारिख विहान दश बजे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समिति, चीनको राज्य परिषद, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन, केन्द्रीय सैन्य आयोगले पैचिङस्थित जन वृहत सभा भवनमा कमरेड च्याङ चमिनको देहान्तमा शोक श्रद्धान्जली सभाको आयोजना गर्नेछन्।

श्रद्धान्जली सभाका सोही दिन चीनका विभिन्न क्षेत्र र विदेशका लागि चिनियाँ राजदूतावासहरू र विदेशका लागि अरु चिनियाँ सँस्थानहरूले झण्डा आधा झुकाउने छन्। 

डिसेम्बर ६ तारिख बिहान श्रद्धान्जली सम्मेलनमा मौनधारण हुँदा चिनियाँ जनताले पनि तीन मिनेटसम्म मौनधारण गर्नेछन्।