चीन र युरोपबीच शक्तिशाली आर्थिक सहअस्तित्व सम्बन्ध स्थापित
2022-12-01 16:35:51CRI
Share with:

चीनको वाणिज्य मन्त्रालयले डिसेम्बर १ तारिख नियमित पत्रकार सम्मेलन आयोजना गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता शु युथिङले उक्त पत्रकार सम्मेलनमा चीन र युरोपको आर्थिक तथा व्यापारिक सहयोगसम्बन्धी प्रश्नको जवाफ दिँदै चीन युरोपसितको सम्बन्धमा महत्व दिएको, दुई पक्षको उच्च तहको राजनीतिक निर्देशनमा चीन र युरोपबीच शक्तिशाली आर्थिक सहअस्तित्व सम्बन्धको स्थापना भएको बताउनुभएको छ। प्रवक्ता शुकाअनुसार, चालू वर्षका अघिल्ला दश महिना चीन र युरोपको व्यापारिक रकम ७ खर्ब ११ अर्ब ४० करोड अमेरिकी डलर पुगेको र जुन गत वर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले बृद्धि भएको छ। चीन युरोपेली सङ्घको पहिलो ठूलो व्यापारिक साझेदार बनेको छ भने युरोपेली सङ्घ चीनको दोस्रो ठूलो व्यापारिक साझेदार निरन्तर रुपमा बनेको छ। 

प्रवक्ता शुकाअनुसार, डिसेम्बर १ तारिख विहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले युरोपेली परिषद्का अध्यक्ष चार्लस मिचेलसँग भेटवार्ता गर्नुभयो। चीनले युरोपेली परिषद्सँग उच्च स्तरीय सहयोग गर्ने, विश्व अर्थतन्त्रका लागि स्थिरता र सकारात्मक शक्ति थपिदिने छ।