भारत जी-२०को वर्तमान अध्यक्ष मुलुक
2022-12-01 15:14:49cri
Share with:

डिसेम्बर १ तारिखदेखि भारत औपचारिक रूपमा जी-२० समूहको वर्तमान अध्यक्ष मुलुक बनेको छ। भारत जी-२० समूहको अध्यक्ष मुलुक नियुक्त भएको यो पहिलो पटक हो। सोही अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज एउटा लेख प्रकाशित गर्दै भारतले एउटै पृथ्वी, एउटै परिवार र एउटै भविष्य भन्ने कुरालाई वर्तमान अध्यक्ष मुलुकको मुख्य नाराको रूपमा निश्चित गर्नुका साथै मानव जातिको मेलमिलाप र विश्वव्यापी सुरक्षालाई प्रबर्द्धन गर्न भारतले प्रयास गर्दै जाने उल्लेख गर्नुभएको छ।

 

जी-२० समूहको सार्वजनिक आदानप्रदान मिडियाले एउटा विज्ञप्ति जारी गर्दै भारत जी-२० समूहको वर्तमान अध्यक्ष मुलुक नियुक्त भएको अवधिमा जी-२० समूहले निरन्तर रूपमा विश्वव्यापी पुनरूत्थान, सशक्त र सहिष्णु वृद्धिलाई अघि बढाउँदै जाने अठोट व्यक्त गरेको छ।

 

गत नोभेम्बर १६ तारिख जी-२० समूहका नेतागणको १७औँ शिखर सम्मेलन इण्डोनेशियाको बाली टापुमा सम्पन्न भएको थियो। शिखर सम्मेलनको समापन समारोहममा इण्डोनेशियाले जी-२० समूहको वर्तमान अध्यक्ष मुलुकको आफ्नो पदस्थान भारतलाई हस्तान्तरण गरेको थियो।