जनवरीदेखि अक्टोबरसम्म चीनको सेवा व्यापारको आयात निर्यात १७.२ प्रतिशतले बृद्धि
2022-12-01 16:34:04CRI
Share with:

चीनको वाणिज्य मन्त्रालयले डिसेम्बर १ तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार, चालू वर्षको जनवरीदेखि अक्टोबरसम्म चीनको सेवा व्यापारको आयात निर्यात कुल रकम करीब ५० खर्ब चिनियाँ युआन पुगेको छ।

जनवरीदेखि अक्टोबरसम्म चीनको सेवा व्यापारको आयात निर्यात कुल रकम ४९ खर्ब १८ अर्ब ५५ करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा १७.२ प्रतिशतले बृद्धि भएको छ।

पर्यटन सेवा व्यापारको आयात निर्यात निरन्तर रुपमा पुनःसुधार भएको छ। जनवरीदेखि अक्टोबरसम्म पर्यटन सेवा व्यापारको आयात निर्यात रकम ६ खर्ब ८९ अर्ब ६ करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले बृद्धि भएको छ।