कमरेड च्याङ चमिनको शव विशेष विमानद्वारा पैचिङमा
2022-12-01 19:54:30CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीका तेस्रो पुस्ताका नेतागणको केन्द्र च्याङ चमिनको शव डिसेम्बर १ तारिख शाङहाइबाट विशेष विमानद्वारा पैचिङ ल्याइएको छ। नेता च्याङको शव ल्याउँदा सी चिनफिङ, ली खछ्याङ लगायत पार्टी तथा राष्ट्रिय नेताहरू विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो। नेताहरुले च्याङका नातेदारहरूलाई हार्दिक सात्वना पनि व्यक्त गर्नुभएको छ। शाङहाईबाट बेइजिङ ल्याइएको च्याङको शवलाई शव गृहमा राखिएको छ।