चीन-पाकिस्तान आर्थिक करिडोरलाई “बेल्ट एण्ड रोड”को उच्च गुणस्तर विकासको नमूना परियोजनाका रुपमा खडा गरिने
2022-12-01 19:25:24CRI
Share with:

हालै पाकिस्तानको राष्ट्रिय विजुली अनुगमन तथा व्यवस्थापन व्यूरोका अधिकारीले एक अन्तर्वार्ता दिँदै चीन-पाकिस्तान आर्थिक करिडोरको ऊर्जा स्रोत सहयोगले पाकिस्तानको विजुली लागत घटाएको र स्थानीय अर्थतन्त्रको बृद्धिका लागि योगदान दिएको बताएका छन्। डिसेम्बर १ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिचेनले नियमित पत्रकार सम्मेलनमा चीनले सम्बन्धित जानकारीमाथि ध्यान दिएको, ऊर्जा स्रोतको सहयोग चीन-पाकिस्तान आर्थिक करिडोरको सहयोगमा सबैभन्दा ठूलो, सबैभन्दा छिटो प्रगति हासिल गरेका र सबैभन्दा स्पष्ट उपलब्धि हासिल गरेका क्षेत्रहरूमध्येको एक रहेधको बताउनुभयो। प्रवक्ता चाउकाअनुसार, निर्माण भइसकेको ऊर्जा स्रोत परियोजनाको अत्याधुनिक प्रविधि र कम लागत भएको, उक्त परियोजनाले पाकिस्तानलाई विजुलीको अभाव समस्याको समाधान गर्न मद्दत दिनुका साथै पाकिस्तानको विजुली लागत घटाउन र स्थानीय आर्थिक विकास र सर्वसाधारणको जीवन सुधारका लागि महत्वपूर्ण योगदान दिएको छ।

 चाउले चीनले पाकिस्तानसँग मिलेर चीन-पाकिस्तान आर्थिक करिडोरलाई “बेल्ट एण्ड रोड”को उच्च गुणस्तर विकासको नमूना परियोजनाको रुपमा खडा गर्ने कुरामा जोड दिनुभयो।