धेरै मुलुकका नेता तथा अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिद्वारा कमरेड च्याङ च मिनको निधनप्रति श्रद्धाञ्जली व्यक्त
2022-12-02 11:06:12cri
Share with:

धेरै मुलुकका नेता तथा अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिले कमरेड च्याङ च मिनको निधन भएकोले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलाई समवेदना सन्देश पठाउनुका साथै विविध अरु माध्यमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कमरेड च्याङ च मिनले वर्तमान युगको चीनको आर्थिक, सामाजिक विकास तथा चीनको अन्तर्राष्ट्रिय स्थान उकास्नका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको व्यक्त गर्नुभएको छ। कमरेड च्याङ च मिन रुसका पूराना साथी भएको व्यक्त गर्दै उहाँले रुस-चीन सम्बन्धलाई रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्तरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको पुटिनले औँल्याउनुभयो।

 

लाओसको जन क्रान्ति पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष थोङलौन सिसौलिथले कमरेड च्याङ च मिनले चिनियाँ विशेषतायुक्त समाजवादी कार्य र लाओस-चीन सम्बन्धको विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको बताउँदै कमरेड च्याङ च मिनको निधनप्रति गहन रुपमा श्रद्धाञ्जली व्यक्त गर्नुभयो।

 

क्युबाको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव, राष्ट्राध्यक्ष मिगुएल दिआज बरमुदेजले कमरेड च्याङ च मिन एक वरिष्ठ राजनीतिज्ञ तथा कम्युनिष्ट पार्टीका नेता र क्युबाली क्रान्तिका घनिष्ठ साथी रहनुभएको भन्दै क्युबाले चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनतामा गहन रुपमा समवेदना व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।