प्रधानमन्त्री ली ख छ्याङ तथा युरोपेली परिषद्का अध्यक्ष चार्लस मिचेल बीच भेटघाट
2022-12-02 15:25:33cri
Share with:

चीनका प्रधानमन्त्री ली ख छ्याङले डिसेम्बर १ तारिख जन बृहत् सभा भवनमा युरोपेली परिषद्का अध्यक्ष चार्लस मिचेलसँग भेटघाट गर्नुभएको छ।

 

त्यस अवसरमा अध्यक्ष मिचेलले कमरेड च्याङ चमिनको निधनप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो।

 

भेटका अवसरमा प्रधानमन्त्री लीले युरोपको एकरूपता प्रक्रियालाई चीनले दृढताका साथ समर्थन गर्नुका साथै चीन युरोप दुवै पक्ष बीच द्विपक्षीय खुलापनको अझ विस्तार गर्दै जानसक्ने आशा चीनले गरेको पनि बताउनुभएको छ।

 

प्रत्युत्तरमा अध्यक्ष मिचेलले युरोपेली संघले एक चीन नीतिलाई कायम राख्दै आएको भन्दै चीनसित नयाँ चरणको युरोपेली संघ र चिनियाँ नेता बीचको उत्तम भेटघाटको प्रतिक्षामा रहेको औँल्याउनुभएको छ।

 

भेटका अवसरमा दुवै पक्षले साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूबारे वैचारिक आदान प्रदान गरेका छन्।