चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ लगायत नेतागणद्वारा च्याङ च मिनप्रति अन्तिम श्रद्धाञ्जली
2022-12-05 18:56:33cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनमुक्ति सेना र चीनका विभिन्न जातिका जनताका वरिष्ठ नेता, महान मार्क्सवादी व्यक्तित्व, महान देशभक्त क्रान्तिकारी, राजनीतिज्ञ, सैन्य तथा कूटनीतिज्ञ, जटिल परिक्षणबाट उत्तीर्ण भएका साम्यवादी सिपाही, चिनियाँ विशेषतायुक्त समाजवादी महान कार्यका वरिष्ठ नेता, पार्टीको तेस्रो पुस्ताका केन्द्रीय नेता समूहका केन्द्र, तीन प्रतिनिधि भन्ने महत्वपूर्ण विचारधाराका मुख्य संस्थापक कमरेड च्याङ च मिनको शवलाई डिसेम्बर ५ तारिख पैचिङमा अन्त्येष्टी गरिएको छ।

 

सी चिनफिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ, ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, हान चङ, छाइ छी, तीङ स्युए स्याङ, ली सी र वाङ छी शानले चिनियाँ जनमुक्ति सेना अस्पताल पुगी च्याङ च मिनप्रति अन्तिम बिदाईका साथ पा पाउ शान क्रान्तिकारी चिहानमा भएको अन्त्येष्टी समारोहमा भाग लिनुभएको छ। हु चिन थाउले पनि अस्पताल गएर कमरेड च्याङ च मिनलाई बिदाई गर्नुभयो।