हरित ऊर्जाका लागि अमेरिकी सहयोग युरोपको दु:ख हुने चेतावनी
2022-12-05 17:59:26cri
Share with:

“छान खाउ श्याउ सी”ले डिसेम्बर ५ तारिख बेलायतको “द इकोनोमिस्ट” साप्ताहिक पत्रिकाको वेबसाइटमा रहेको “अमेरिकाको हरित भत्ताबाट युरोपमा दु:ख उत्पन्न” शीर्षकको एक लेख छापेको छ।

 

सो लेखका अनुसार, धेरै वर्षदेखि युरोपले विश्वलाई कार्बनको उत्सर्जन क्षेत्रमा आफ्नो पछि लाग्न आग्रह गर्दै आएको छ। चालू वर्षको अगष्ट महिनामा यसै कुरालाई मानेर अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले हरित उर्जाका लागि ठूलो मात्रामा भत्ता सम्बन्धी एक मुष्ट योजनामा हस्ताक्षर गर्नुभयो। यद्यपि अमेरिकाको उक्त “मुद्रास्फीति घटाउने कानूनी प्रस्ताव”बाट युरोप खुसी भएको छैन,बरु उनीहरुबीच एटलान्टिक पार एउटा झगडा उत्पन्न गराएको छ।