चीन-लाओस रेलमार्गमा उल्लेखनीय उपलब्धि
2022-12-06 17:32:36cri
Share with:

चीन-लाओस रेलमार्गको संचालन डिसेम्बर ३ तारिख एक वर्ष पूरा भएको छ। यस उपलक्ष्यमा चीन-लाओस रेलमार्गमा फलफूल ढुवानी सम्बन्धी पहिलो ‘कोल्ड चेन’ रेलको संचालन शुरु भएको छ।

थाइल्याण्ड र लाओस लगायत आशियान मुलुकका गुणस्तरीय कृषि उपजहरु चीनमा पुर्‍याइने रेलको युग शुरु भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले डिसेम्बर ५ तारिख आयोजित पत्रकार सम्मेलनमा बोल्दै  चीन-लाओस रेलमार्गको संचालन भएको एक वर्षसम्म त्यसले ८५ लाख पर्यटकहरु तथा १ करोड १२ लाख टन मालसामानहरुको ढुवानी गरेको छ, जुन एउटा उल्लेखनीय उपलब्धि रहेको जानकारी दिनुभयो।

यसका साथै चीन-थाईल्याण्ड रेलमार्गको निर्माण अघि बढ्दै आएको सिलसिलामा चीन-लाओस रेलमार्गले थाईल्याण्डको रेलमार्ग सञ्जालसँग गतिशीलताका साथ अन्तर सम्पर्क तथा अन्तर सहकार्य गरिरहेको छ। भविष्यमा रेलमार्गलाई महत्व दिइने चीन लाओस र थाईल्याण्ड तीन पक्ष बीचको सहयोगले यस क्षेत्रको विकास स्तरलाई वास्तविक रुपमा उकास्ने छ।