आर्थिक कार्यका लागि आयोजित राय सुझाव संकलन गोष्ठीलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन
2022-12-07 17:05:16cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले डिसेम्बर २ तारिख चोङ नान हाईमा चिनियाँ कम्युनिष्ट पार्टी बाहिरका व्यक्तिहरुसँग गोष्ठीको आयोजना गरी चालू वर्षको आर्थिक स्थिति र आगामी वर्षको आर्थिक कार्यबारे विभिन्न प्रजातान्त्रिक पार्टीको केन्द्रीय समिति, राष्ट्रिय मजदूर र वाणिज्य संघका जिम्मेवार व्यक्ति र निर्दलीय व्यक्तिहरुका मत र राय सुझाव सुनेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले सो गोष्ठीको अध्यक्षता गर्दै बजारको विश्वासलाई बढाइनुपर्ने, आर्थिक स्थितिमा सुधार गरिनुपर्ने, समाजवादी आधुनिक मुलुकको चौतर्फी रुपमा निर्माण गर्न एउटा राम्रो प्रारम्भ सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

 

ली ख छ्याङ, वाङ याङ, ली छ्याङ,वाङ हु निङ ,हान चङ , छाई छि र तिङ श्वे स्याङ लगायत नेताहरु उक्त गोष्ठीमा उपस्थित हुनुभयो। प्रधानमन्त्री ली ख छ्याङले चालू वर्ष आर्थिक कार्यको सम्बन्धित अवस्थाबारे सुनाउँदै आगामी वर्ष आर्थिक कार्यबारे सम्बन्धित सोच विचारबारे जानकारी दिनुभयो।