“नयाँ यात्रामा चीन र विश्व” विषयक चीन-अरब संचार गोष्ठी रियादमा
2022-12-07 17:16:00cri
Share with:

चाइना मिडिया ग्रुपबाट प्रस्तावित तथा अरब जगतका ३० भन्दा बढी मुख्य सञ्चारमाध्यमद्वारा आयोजित “नयाँ यात्रामा रहेका चीन र विश्व” विषयक चीन र अरब जगतका सञ्चार माध्यमहरुबीचको गोष्ठी डिसेम्बर ५ तारिख साउदी अरबियाको राजधानी रियादमा सफलताका साथ आयोजित भएको छ। साउदी अरबिया, इजिप्ट, अल्जेरिया, प्यालेष्टाइन र यमनका सरकारी अधिकारीहरू, मुख्य सञ्चारमाध्यमका जिम्मेवार व्यक्तिहरु, सम्बन्धित संस्थाका प्रतिनिधिहरु र चिनियाँ परराष्ट्र मन्त्रालयको चीन-अरब लिग सहयोग मञ्चका दूत लगायत एक सय भन्दा बढी व्यक्तिहरुले नयाँ युगमा चीनको नयाँ यात्रा र अरबेली मुलुकहरुको नयाँ अवसर, चीन-अरबेली मुलुकहरुबीचको साझा भाग्य समुदायको निर्माणको महत्वपूर्ण अर्थ, चीन र अरबेली मुलुकका सञ्चारमाध्यमहरुले दुई पक्षीय सम्बन्धलाई कसरी अघि बढाउने भन्ने विषयहरुबारे गहन रुपमा आदानप्रदान तथा छलफल गरेका छन्।

 

गोष्ठीमा सहभागी व्यक्तिहरुले चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनले चीनको भावी विकासको खाका बनाएर अरबेली मुलुकहरुको विकासका लागि अनुकरणीय बाटो पहिल्याउने भन्दै चीन र अरबेली मुलुकका सञ्चारमाध्यमहरु बीचको अरु बढी सहयोग चीन-अरब लिग सम्बन्ध अरु उच्चस्तरमा पुर्‍याउन सहयोगी हुने ठहर गरेका छन्।