सन् २०२२ चीन-अरब मिडिया सहयोग मञ्च साउदी अरेबियामा आयोजित
2022-12-07 14:23:48cri
Share with:

डिसेम्बर ५तारिख साउदी अरेबियाको राजधानी रियादमा सन् २०२२ चीन-अरब मिडिया सहयोग मञ्च आयोजना भएको छ। "आदान प्रदान र आपसी सिकाइलाई सुदृढ गर्ने र साझा भविष्यका साथ चीन-अरब समुदायको निर्माणलाई प्रवर्द्धन गर्ने" भन्ने नाराका साथ चाइना मिडिया ग्रुप र साउदी अरेबियाको सूचना मन्त्रालयले यो मञ्चको आयोजना गरेको हो।

 

साउदी अरेबियाका वाणिज्य तथा कार्यवाहक सूचना मन्त्री माजिद कास्बीले भिडियो सम्बोधनमा अरब राष्ट्रहरूले चीनलाई विभिन्न क्षेत्रमा साझा विकास हासिल गर्न भरपर्दो साझेदारको रूपमा हेरेको तथा दुई पक्षले यस पटकको मञ्चमार्फत सांस्कृतिक आदान प्रदानलाई सुदृढ गर्ने र विभिन्न क्षेत्रको विकासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरेको बताउनुभयो।

 

चाइना मिडिया ग्रुपका निर्देशक शेनहाइ स्योङले भिडियो सम्बोधनमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन अक्टोबरमा सफलतापूर्वक सम्पन्न भएको छ र यसले चीन र अन्य देशहरूबीचको मैत्रीपूर्ण सहयोगलाई बलियो प्रेरणा दिएको बताउनुभयो। उहाँले भन्नुभयो: “चाइना मिडिया ग्रुपले यस मञ्चलाई अरब देशहरूमा समाजका सबै क्षेत्रहरूसँग गहन आदान प्रदान र संवाद, व्यावहारिक सहयोगलाई सुदृढ गर्ने र साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न मिडिया शक्तिलाई योगदान गर्ने अवसरको रूपमा लिने छ।'