राष्ट्राध्यक्ष सी चिनफिङ साउदी अरेबियाका राजकुमार एवम् प्रधानमन्त्रीद्वारा आयोजित स्वागत समारोहमा सहभागी
2022-12-08 19:55:02cri
Share with:

 

डिसेम्बर ८ तारिख मध्यान्ह साउदी अरेबियाका राजकुमार एवम् प्रधानमन्त्री मुहाम्मद बीन अल्सादले राजा साल्मान बीन अब्दुल अल्सादको तर्फबाट साउदी अरबियाको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङको सम्मानमा रियाद राजदरबारमा भब्य स्वागत समारोहको आयोजना गर्नुभएको छ।

 

मध्यान्ह बाह्र बजेर २० मिनेट जाँदा राष्ट्राध्यक्ष सी चिनफिङ गाडीद्वारा राजदरबार कार्यालय चोक पुग्नुभएको थियो। राजकुमार एवम् प्रधानमन्त्री मुहाम्मदले राष्ट्राध्यक्ष सीको सौहार्दपूर्वक स्वागत गर्नुभयो। राजकुमारका साथमा राष्ट्राध्यक्ष सीले दरबारमा ‘गार्ड अफ अनर’ पनि ग्रहण गर्नुभयो।