कोरोना महामारीको प्रतिरोध गरिएको ३ वर्षयता चीनका विभिन्न क्षेत्रमा व्यवस्थापन गर्ने क्षमता तथा स्तर उकासिएको विशेषज्ञको भनाई
2022-12-08 16:59:35cri
Share with:

चीनको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गत महामारी व्यवस्थापन कार्य टोलीका प्रमुख विशेषज्ञ ल्याङ वान न्यानले हाल कोरोना महामारीको प्रतिरोध गरिएको ३ वर्षयता चीनका विभिन्न क्षेत्रमा व्यवस्थापन गर्ने क्षमता तथा स्तर स्पष्ट रुपमा उकासिएको बताउनुभएको छ।

हाल चीनले महामारीको प्रतिरोध तथा नियन्त्रण सम्बन्धी नयाँ कदमबारे चर्चा गर्दै ल्याङ वान न्यानले नयाँ कदम पूर्ण रुपमा खुला नभएर बरु अझै वैज्ञानिक, अझै स्वत:स्फूर्त र अझै उचित रुपमा महामारी प्रतिरोध तथा आर्थिक विकासको अरु बढी प्रेरक शक्ति र नयाँ स्थिति अनुकूल पुराना कदमको सुधार भएको जानकारी दिनुभयो।

ल्याङ वान न्यानले अब कोरोना विरुद्ध खोप छिटै रुपमा लगाइनुपर्ने विशेष गरी वृद्धवृद्धालाई गतिशीलताका साथ लगाइनुपर्ने भन्दै महामारीको प्रतिरोध गर्ने स्थिर र प्रभावकारी अवरोधको स्थापना गरिनुपर्ने पनि औंल्याउनुभयो।