राष्ट्राध्यक्ष सी चिनफिङ तथा कोमोरेसका राष्ट्रपति बीच भेटघाट
2022-12-09 19:15:50cri
Share with:

डिसेम्बर ९ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियादमा कोमोरेसका राष्ट्रपति आजाली असुमानीसँग भेटघाट गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले कोमोरेसँग घनिष्ट सहयोग गर्दै विकासोन्मुख मुलुकको साझा हित र अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको संरक्षण गर्दै जान चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

 

राष्ट्रपति आजालीले चीनसँगै मिलेर बहुपक्षीयतावादलाई समर्थन गर्दै जाने इच्छा व्यक्त गर्नुभएको छ।