चाइना मिडिया ग्रूप र साउदी रेडियो टेलिभिजनबीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर
2022-12-09 19:05:07cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको पहिलो चीन-अरब शिखर सम्मेलन, चीन-खाडी अरब राष्ट्रको सहकार्य परिषदको शिखर सम्मेलनका साथै उहाँको साउदी अरेबियाको राजकीय भ्रमणको अवसरमा चाइना मिडिया ग्रूपका निर्देशक शेन हाइस्युङ र साउदी अरेबियाका कार्यवाहक सूचना मन्त्री एवम् साउदी रेडियो र टेलिभिजन विभागको व्यवस्थापन समितिका अध्यक्ष माजिद कास्बीले “चाइना मिडिया ग्रूप - साउदी रेडियो र टेलिभिजन विभाग सहकार्य समझदारी पत्र”मा हस्ताक्षर गर्नुभयो। र जुन सहकार्य पत्र राष्ट्राध्यक्ष सी चिनफिङको साउदी अरब भ्रमणको महत्वपूर्ण आपसी सहकार्यको उपलब्धि मानिएको छ।

 

गएको केही वर्ष यता चाइना मिडिया ग्रूप र साउदी रेडियो र टेलिभिजन विभागबीचको सहकार्य विस्तार हुँदैआएको देखिन्छ। साउदी रेडियो र टेलिभिजन विभाग जुन देशको राष्ट्रिय मिडिया संगठन हो र यसका धेरै टिभी र रेडियो च्यानलहरू छन्। साथै सो मिडियाको संकेतहरूले साउदी अरेबिया समेतका धेरै अरब देशहरूको सम्पूर्ण क्षेत्रलाई समेट्छ।