राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ट्युनिसियाका राष्ट्रपति सइदसँग भेटवार्ता
2022-12-09 19:02:04cri
Share with:

स्थानीय समय अनुसार डिसेम्बर ९ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ट्युनिसियाका राष्ट्रपति सइदसँग रियादमा भेटवार्ता गर्नुभएको छ।

 

ट्युनिसियासँग मिलेर दुवै देशबीचको मैत्रीपूर्ण सहकार्य सम्बन्धलाई सुदृढ र गहन बनाउनका साथै चीन-अरब र चीन-अफ्रिकाबीचको सामूहिक सहकार्यलाई अघि बढाउन चीन इच्छुक रहेको कुरा चिनियाँ राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

 

प्रत्युत्तरमा ट्युनिसिया-चीन सम्बन्धलाई नयाँ र उच्चस्तरमा उकास्न चीनसँग मिलेर प्रयास गर्न ट्युनिसिया इच्छुक रहेको कुरा सइदले बताउनुभयो। साथै अरब-चीन शिखर सम्मेलन ऐतिहासिक महत्व भएको र ट्युनिसियाले अरब-चीन सम्बन्धको विकासलाई सक्रियरूपमा बढाउने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।