चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा इराकी प्रधानमन्त्री सुदानीसँग भेटवार्ता
2022-12-09 19:03:34cri
Share with:

स्थानीय समय अनुसार डिसेम्बर ९ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीसँग रियादमा भेटवार्ता गर्नुभएको छ।

 

सीले विश्व विकासबारेको चिनियाँ प्रस्तावलाई इरानले समर्थन गरेकोमा प्रशंसा गर्दै विश्व सुरक्षा प्रस्तावमा इरानलाई सामेल हुन स्वागत गरेको कुरा औंल्याउनुभयो। चीन-इरान रणनीतिक साझेदारी सम्बन्धलाई निरन्तररूपमा प्रगाढ बनाउन इरानसँग मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

 

प्रधानमन्त्री सुदानीले आतंकवादको विरोध र कट्टरपन्थीकरण उन्मुलनका लागि चीनसँग आदानप्रदान र सहकार्यलाई सुदृढ बनाउन इराक इच्छुक रहेको बताउनुका साथै आयोजना हुन लागेको पहिलो अरब-चीन शिखर सम्मेलन पूर्णरूपमा सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो।