राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पहिलो चीन खाडी अरबेली मुलुक सहयोग परिषद् शिखर सम्मेलनलाई मुख्य विषयक सम्बोधन
2022-12-10 16:41:32cri
Share with:

डिसेम्बर ९ तारिख दिउँसो पहिलो चीन खाडी अरबेली मुलुक सहयोग परिषद् शिखर सम्मेलन रियादस्थित राजा अब्दुल अजिज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, साउदी अरबियाका राजकुमार एवम् प्रधानमन्त्री, कतारका एमिर अर्थात् राष्ट्रनायक, बहराइनका राजा, कुवेतका राजकुमार, अमनका उप प्रधानमन्त्री, संयुक्त अरब इमिरेट्सको फुजाइराहका नेता र खाडी अरबेली मुलुक सहयोग परिषद्का महासचिव गरी सो शिखर सम्मेलनमा सहभागी हुनुभएको छ। सम्मेलनले मध्य समुद्रको रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्ने र त्यसलाई सबल पार्ने निर्णय गरेको छ।

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “हातमा हात मिलाउँदै सँगै मिलेर मध्य समुद्र सम्बन्धको सुमधुर भविष्यको सिर्जना गरौं” शिर्षकमा मुख्य विषयक सम्बोधन गर्नुभएको छ।

 

त्यस शिखर सम्मेलनमा “”जन गणतन्त्र चीन र खाडी अरबेली मुलुक सहयोग परिषद् शिखर सम्मेलनको संयुक्त बक्तव्य” पनि प्रकाशित गरिएको छ।