राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रथम चीन-अरबेल शिखर सम्मेलनमा मुख्य विषयक सम्बोधन
2022-12-10 16:40:38cri
Share with:

डिसेम्बर ९ तारिख दिउँसो प्रथम चीन-अरब शिखर सम्मेलन साउदी अरबियाको राजधानी रियादको राजा अब्दुल अजिज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको छ। त्यस शिखर सम्मेलनले पहिलो चीन-अरबेली मुलुक शिखर सम्मेलन घोषणा पत्र जारी गर्दै चीन र अरबेली मुलुक दुवै पक्षले सर्वसम्मतिले नयाँ युगतर्फ उन्मुख हुने चीन अरबेली मुलुक भाग्यको एकरूपताको स्थापना गर्न सहमति जनाएका छन्।

 

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, साउदी अरबियाका राजकुमार एवम् प्रधानमन्त्री, इजिप्टेली राष्ट्रपति, जोर्डनका राजा, बहराइनका राजा, कुवेतका राजकुमार, टुनिसियाका राष्ट्रपति, झिबुटीका राष्ट्रपति, प्यालेष्टाइनी राष्ट्रपति, कतारका एमिर अर्थात् राष्ट्रनायक, कोमोरेसका राष्ट्रपति, माउरिटानियाका राष्ट्रपति, इराकका प्रधानमन्त्री, मरोक्कोका प्रधानमन्त्री, अल्जेरियाका प्रधानमन्त्री र लेबनानका प्रधानमन्त्री लगायत अरब लीगका जम्मा २१ वटा मुलुकका नेतागण र अरबेली मुलुक गठबन्धनका महासचिव लगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरू सो शिखर सम्मेलनमा सहभागी भएका थिए।

राष्ट्राध्यक्ष सीले उक्त शिखर सम्मेलनलाई “चीन अरबेली मुलुक बीचको मैत्रीपूर्ण भावनाको प्रचार प्रसार गर्नुका साथै हातमा हात मिलाउँदै नयाँ युगतर्फ उन्मुख हुने चीन अरबेली मुलुक भाग्य एकरूपताको स्थापना गरौं” शीर्षकमा मुख्य विषयक सम्बोधन पनि गर्नुभएको छ।