सी चिनफिङद्वारा ओमानका उपप्रधानमन्त्री राजकुमार फहदसँग भेट-वार्ता
2022-12-10 16:48:56cri
Share with:

स्थानीय समय अनुसार डिसेम्बर ९ तारिख दिउँसो राष्ट्राध्यक्ष सी चिन फिङले ओमानी उपप्रधानमन्त्री राजकुमार फहदसँग रियादमा भेट-वार्ता गर्नुभयो।

 

राष्ट्राध्यक्ष सी चिनफिङले चीन-ओमान र चीन-खाडी अरब राज्यहरूको सम्बन्धमा नयाँ प्रगति प्रवर्द्धन गर्न ओमानसँग मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा औंल्याउनुभयो।

 

उपप्रधानमन्त्री फहादले खाडी अरब राज्यहरू-चीन र अरब-चीन सम्बन्धको बृहत्तर विकासका लागि चीनसँग मिलेर प्रयास गर्ने आशा पनि व्यक्त गर्नुभयो।