तिब्बत विषय चीनको आन्तरिक मामिला हो:चीनको परराष्ट्र मन्त्रालय
2022-12-12 18:41:46cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले तिब्बती मामिला  चीनको न्तरिक मामिला भएकाले कुनै पनि देशले त्यसमाथि हस्तक्षेप गर्ने अधिकार नरहेको दाबी गर्नुभएको छ।

प्रवक्ता वाङ वनपिनले अमेरिकाले अमेरिकी न्तरिक ऐन बमोजिम तथाकथित तिब्बत मानवअधिकार विषयको निहुँ खोजेर चिनियाँ अधिकारमाथि अवैध प्रतिबन्ध लगाउने जस्ता गतिविधिले चिनियाँ आन्तरिक मामिलामा क्रूर रूपमा हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम प्रतिकूल र चीन-अमेरिका सम्बन्धलाई भयंकर रूपमा हानी पुर्याएको बताउनुभयो।

उहाँले चेतावनी दिनुभयो, ‘जथाभावी रूपमा अरू मुलुकमाथि तथाकथित प्रतिबन्ध लगाउने अमेरिकाको अधिकार छैन र विश्व पुलिसको भूमिका निर्वाह गर्ने अधिकार पनि छैन।’

उहाँले तत्कालै तथाकथित प्रतिबन्ध रद्द गरी तिब्बत लगायत चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्न रोक्न चीनले अमेरिकालाई ताकिता गरेको बताउँदै चीनले आवश्यक तथा शक्तिशाली कदम चालेर आफ्नो वैधानिक हितको संरक्षण गर्ने औँल्याउनुभयो।