परराष्ट्र मन्त्रालय: अमेरिकाको मानव अधिकारमै खराब रेकर्ड
2022-12-12 18:39:31cri
Share with:

डिसेम्बर 10 तारिख चीनका लागि अमेरिकी राजदूत बर्न्सले विश्व मानव अधिकार दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै चीनको मानव अधिकार स्थितिमा औंला औंल्याएका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले आज १२ तारिख नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘अमेरिकाको उक्त भनाइले चीनलाई मानवअधिकारको अवस्थाको आधारहीन आरोप लगाएको छ, जुन झूट र पूर्वाग्रहले भरिएको छ। यसले अमेरिकाको आधिपत्यवादी, धम्कीपूर्ण स्वभावलाई पूर्ण रूपमा प्रतिविम्बित गरेको छ।’प्रवक्ता वाङले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न र चीनको स्थिर विकास र राष्ट्रिय एकतालाई खतरामा पार्न मानव अधिकारका समस्याहरू प्रयोग गर्ने राजनीतिक उद्देश्य स्पष्ट देखिएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘चीनमा मानवअधिकारको अवस्था कस्तो छ भन्ने कुरा चिनियाँ जनताले सबैभन्दा बढी बोलेका छन् । साथै, चीनले आफ्नो अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरू इमान्दारीपूर्वक पूरा गर्दछ। चीनले मानवअधिकारको विकासको मार्गलाई निरन्तरता दिनेछ विश्वव्यापी मानवअधिकार शासनमा सक्रिय रूपमा सहभागी हुनेछ र मानव अधिकारको व्यापक विकासलाई प्रवर्द्धन गर्नेछ।’