छैठौँ चिनियाँ कताइ गैरभौतिक साँस्कृतिक सम्पदा महाधिवेशन चीनको हपै प्रान्तमा आयोजित
2022-12-12 18:16:52cri
Share with:

चीनको कताई उद्योग संयुक्त संघले आयोजना गरेको छैठौँ चिनियाँ गैरभौतिक साँस्कृतिक सम्पदा महाधिवेशन डिसेम्बर २६ तारिखदेखि २८सम्म चीनको हपै प्रान्तमा शुरू हुने भएको छ।

कताई गैरभौतिक साँस्कृतिक सम्पदा सहर र गाउँ मेलमिलापयुक्त विकास इकोस्फियरको निर्माण सम्बन्धी भावना समेटेको यस महाधिवेशनले चिनियाँ कताई गैरभौतिक साँस्कृतिक सम्पदा उत्पादनको प्रर्दशनी, विशेष मञ्च आदि कार्यक्रमको आयोजना गर्नेछ। योजकका अनुसार, कताई गैरभौतिक साँस्कृतिक सम्पदाको कौशलले ग्रामीण क्षेत्रको सम्बन्धित व्यवसायको विकासलाई अघि बढाउनुका साथै सम्पूर्ण ग्रामीण क्षेत्रको पुनरूत्थान गर्न पनि भूमिका निर्वाह गर्नेछ।

चिनियाँ कताई गैरभौतिक साँस्कृतिक सम्पदा महाधिवेशन कताई गैरभौतिक साँस्कृतिक सम्पदा कौशलको बिंडो थाम्ने र आदानप्रदान गर्ने सर्वोच्च चौतारो हो। सन् २०१७ देखि पालैपालो चीनको चच्याङ, पैचिङ, युननान, ल्याउनिङ र क्वी चौ गरी पाँच पटकसम्म आयोजित भएको छ।