अफगानिस्तानी अस्थायी सरकारका प्रवक्ताद्वारा पाकिस्तानलाई सिमाना क्षेत्रको उत्तेजित कारवाहीमाथि ध्यान दिन आव्हान
2022-12-13 15:04:01cri
Share with:

डिसेम्बर १३ तारिख अफगानिस्तानी अस्थायी सरकारको विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बाल्खीले १२ तारिख अफगानिस्तान र पाकिस्तानको सिमाना बोल्डाक-चामानमा भएको भिडन्तबाट दुई पक्षका व्यक्तिहरू हताहत भएको भन्दै उक्त घटनाका कारण अफसोस लागेको बताएका छन्।

उनकाअनुसार, अफगानिस्तानी अस्थायी सरकारले गम्भीर कदम चालेको छ र पाकिस्तानलाई हिँसात्मक गतिविधि र दुई मुलुकको सम्बन्धमा असर पार्ने उत्तेजित गतिविधि गर्न छूट नदिन आव्हान गरेको छ।

स्थानीय सञ्चार-माध्यमअनुसार, १२ तारिख अफगानिस्तानी अस्थायी सरकार र पाकिस्तानी सेनाबीच सिमाना क्षेत्रमा भिडन्त भएको छ। जसबाट ७ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्।