आगामी वर्ष दक्षिण अफ्रिका ब्रिक्स मुलुकहरूको अध्यक्ष-मुलुक
2022-12-13 15:02:10cri
Share with:

दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग मन्त्री नालेदी पान्डोरले सन् २०२३ मा दक्षिण अफ्रिका ब्रिक्स मुलुकहरूको अध्यक्ष-मुलुक बन्ने बताउनुभएको छ। मन्त्री नालेदी पान्डोरले डिसेम्बर १२ तारिख एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिनुभएको हो। उहाँले दक्षिण अफ्रिकाको सन् २०२२ को कुटनीतिक नीतिको उपलब्धि र चुनौतीबारे जानकारी दिनुका साथै सन् २०२३ प्राथमिक कुराबारे जानकारी दिनुभएको छ।

पान्डोरले दक्षिण अफ्रिका ब्रिक्स मुलुकहरुमा संलग्न हुनुको मुख्य लक्ष्य दक्षिण अफ्रिकाको वृद्धि र विकास बढाउनु रहेको बताउनुभएको छ।