जापानी अतिक्रमण विरोधी चिनियाँ युद्धस्मारक हलमा नानचिङ नरसंहारका पीडितहरूको स्मृति दिवस
2022-12-13 16:53:51cri
Share with:

आज अर्थात् डिसेम्बर 13 तारिख बिहान नवौं राष्ट्रिय स्मृति दिवसको अवसरमा, जापानी अतिक्रमण विरोधी चिनियाँ जनयुद्ध स्मारक हलले नान चिङ नरसंहार पीडितहरूको लागि स्मृति समारोहको आयोजना गरेको छ।

स्मारक हलका कर्मचारीहरु र नागरिक प्रतिनिधिले हातमा फूल लिएर जापानी आक्रमणकारीबाट मारिएका सम्पूर्ण देशवासीप्रति मौनधारण गरी पुष्प गुच्छा अर्पण गरेका थिए।

 

जापानी अतिक्रमण विरोधी चिनियाँ जनयुद्धको स्मारक हलका पार्टी समितिका उपसचिव तोङ ली सिङले राष्ट्रिय स्मृति दिवसमा पुष्प गुच्छा अर्पण समारोह आयोजना गर्नुको उद्देश्य राष्ट्रिय विनाशको यस दुःखद इतिहासको स्मरण र जापानी आक्रमणकारीहरूको क्रूर अपराधको निन्दा गर्नुरहेको बताउनुभयो। साथै उहाँले मृत्यु भएका निर्दोष देशवासीहरू र क्रान्तिकारी सहिदहरुलाई सम्झिएर शान्तिपूर्ण विकासको विश्वास र शक्तिलाई बढाउनुपर्ने बताउनुभयो।