चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा दक्षिण कोरियाका परराष्ट्र मन्त्री पार्क जिनसँग भिडियो वार्ता
2022-12-13 10:58:19cri
Share with:

डिसेम्बर १२ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका सदस्य एवम् चीनको राज्य परिषद्का सदस्य परराष्ट्र मन्त्री वाङ यीले दक्षिण कोरियाका परराष्ट्र मन्त्री पार्क जिनसँग भिडियो वार्ता गर्नुभएको छ।

केही समयअगाडि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलसँग बाली द्वीपमा सफल भेटघाट गर्नुभएको व्यक्त गर्दै मन्त्री वाङले यसले चीन दक्षिण कोरिया सम्बन्धको आगामी विकास दिशा निश्चित गरेको बताउनुभएको छ।

चीनले दक्षिण कोरियासँग दुई मुलुकका राष्ट्रनायकको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने तथा चीन दक्षिण कोरिया सम्बन्ध स्वस्थ र स्थिर विकास गर्ने पनि मन्त्री वाङले भन्नुभएको छ।

अमेरिकाले तथाकथित माइक्रोचिप र वैज्ञानिक विधेयक तथा मुद्रास्फिती घटाउने विधेयकतय गरेकोमा मन्त्री वाङले जोड दिँदै अमेरिकाको यस्तो व्यवहारले चीन र दक्षिण कोरिया लगायत विभिन्न मुलुकको वैध अधिकारमा क्षति पुर्याएको बताउनुभएको छ।

विदेशी मन्त्री पार्कले दक्षिण कोरियाले दुई मुलुकको सम्बन्धलाई अझ उच्च स्तरमा विकास गर्ने इच्छा लिएको बताउनुभएको छ।