सभ्यता विविधता र विश्व मानवअधिकार व्यवस्थापनको अन्तर्राष्ट्रिय गोष्ठी पैचिङमा
2022-12-14 15:29:04cri
Share with:

सभ्यता विविधता र विश्व मानवअधिकार व्यवस्थापनको अन्तर्राष्ट्रिय गोष्ठी डिसेम्बर १३ तारिख पैचिङमा सुरू भएको छ। चीनको मानवअधिकार विकास कोष र चीनको अन्तर्राष्ट्रिय आदान-प्रदान प्रबर्द्धन संघबाट आयोजित यो गोष्ठी अनलाइन-अफलाइन तरिका मार्फत् संचालन भइरहेको छ। चीन, क्यूबा, स्विट्जरल्याण्ड, पाकिस्तान, बेलायत, रूस, फ्रान्सलगायत मुलुकका मानवअधिकार अनुसन्धान सामाजिक संगठन र विद्वानहरूले सभ्यता विविधता र विश्व मानवअधिकार व्यवस्थापन विषयबारे गहिरो रूपमा छलफल गर्दैछन्।

 

चीनको अन्तर्राष्ट्रिय आदान-प्रदान प्रबर्द्धन संघका उपाध्यक्ष ली च्युनले गोष्ठीलाई सम्बोधन गर्दै नयाँ युगमा सी चिनफिङ केन्द्रित सीपीसी केन्द्रिय समितिले मानवअधिकार सार्वभौमिकता र स्वदेशको वास्तविकता अनुकूल चिनियाँ विशेषतायुक्त समाजवादी मानवअधिकारको विकास बाटो हिँडेको भन्दै चीनले अन्तर्राष्ट्रिय मानवअधिकार मामिलामा सक्रियताका साथ संलग्न भएर मानवअधिकार सभ्यता विविधताबारे चिनियाँ योगदान गरेको उल्लेख गर्नुभयो। चीनका लागि क्यूबाली दूतावासका मन्त्री सल्लाहकार मारियोले विश्वको मानवअधिकार कार्यसमक्ष कहिल्यै नदेखिएको चुनौतीको सामना गरेको भन्दै विश्व मानवअधिकार व्यवस्थापनको अझ न्यायिक, निष्पक्ष र उदारताका लागि प्रबर्द्धन गर्न अरू योगदान गर्न विभिन्न मुलुकका सम्बन्धित संगठनहरूलाई आग्रह गर्नुभयो।