पहिलो डिजिटल व्यापार एक्स्पो चीनको हाङ चौमा
2022-12-14 15:24:36cri
Share with:

 

पहिलो विश्व डिजिटल व्यापार एक्स्पो चीनको हाङ चौ सहरमा जारी छ। यस अवधिमा १६ वटा शाखा मञ्चको आयोजना गरिनुका साथै श्रृँखलाबद्ध उपलब्धिहरू सार्वजनिक गरिने छ। यस एक्स्पोले विश्व डिजिटल व्यापार क्षेत्रमा ‘विण्ड भेन’ को स्थापना गर्ने छ।

 एक्स्पोको एउटा शाखा मञ्चमा——सन् २०२२ पहिलो विश्व डिजिटल पर्यावरण महाधिवेशनमा एउटा“विश्व डिजिटल व्यापार लिंक”नामक योजना सार्वजनिक गरिएको छ। उक्त योजनाले चीनको चच्याङ प्रान्तको श्रेष्ठता व्यवसाय उदाहरणको लागि बायोमेडिसिन,उच्च स्तरिय प्रबन्ध र स्मार्ट ढुवानी आदि व्यवसायको आवश्यक्ता अनुसार,यी व्यवसायको व्यापार विश्वतर्फ विस्तृत पार्ने तरिका प्रदान गर्नुका साथै परम्परागत व्यवसायलाई डिजिटलिकरणमा परिवर्तन गरेर उच्च स्तरमा पुर्याउने छ।

 अर्को शाखा मञ्च——सन् २०२२ विश्व प्रत्यक्ष प्रसारण डिजिटल वाणिज्य महाधिवेशनमा “विश्व प्रत्यक्ष प्रसारण डिजिटल वाणिज्य विकास प्रतिवेदन”सार्वजनिक गरिएको छ।