काबुल होटेलमा भएको हिंसाप्रति राष्ट्रसंघका महासचिवको निन्दा
2022-12-14 15:27:14cri
Share with:

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले १३ तारिख १२ तारिख अफ्गानिस्तानको राजधानी काबुलस्थित एक होटेलमा भएको हिंसात्मक गतिविधिको कडा शब्दमा निन्दा गर्नुभएको छ।

जारी वक्तव्य अनुसार, महासचिव गुटेरेसले घाइतेको शीघ्र स्वास्थयलाभको कामना गर्नुभएको छ। उहाँले छिट्टै आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै अन्तर्राष्ट्रिय मानवीय कानूनमा सर्वसाधारण र नागरिक सुविधामाथि आक्रमण गर्नु निषेध भएको कुरा पुनः स्मरण गराउनुभयो।

 

यसअघि संयुक्त राष्ट्र संघको अफ्गानिस्तान उद्धार टोलीले उक्त गतिबिधिको निन्दा गर्नुका साथै उक्त आक्रमणबाट अफ्गानिस्तानको सुरक्षाको लागि कुनै पनि मद्दत नपुग्ने व्यक्त गरेको थियो।