ली खछ्याङद्वारा साओ टोमे र प्रिन्सेपका नवनिर्वाचित प्रधानमन्त्री ट्रोभोडालाई बधाई सन्देश
2022-12-15 11:28:52cri
Share with:

चीनको राज्य परिषदका प्रधानमन्त्री ली खछ्याङले हालै प्याट्रिस एमरी ट्रोभोडालाई साओ टोमे र प्रिन्सेपका प्रधानमन्त्रीको पद सम्हाल्नुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा लीले चीन र साओ टोमे र प्रिन्सेप बीच दौत्य सम्बन्ध पुनःस्थापना भएयता दुई मुलुकको सम्बन्ध स्वस्थ र सुचारु रुपमा विकास भएको, राजनीतिक पारस्परिक विश्वास निरन्तर रुपमा सबल भएको, तथा पारस्परिक हित र सहयोग अगाडि बढाइएको बताउनुभयो। उहाँले चीनले साओ टोमे र प्रिन्सेपसँग मिलेर दुई मुलुकको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ प्रगति हासिल गर्न अगाडि बढाउने पनि बताउनुभयो।