राष्ट्रिय गानको मर्यादाको संरक्षण गर्न केन्द्रिय सरकारद्वारा हङकङ सरकारलाई समर्थन
2022-12-15 15:16:27cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले राष्ट्रिय गान देशको प्रतीक हो भने राष्ट्रिय मर्यादाको प्रतिनिधित्व गरेको भन्दै राष्ट्रिय गानको गरिमा जोगाउन हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारलाई कडा समर्थन गर्ने विचार व्यक्त गर्नुभएको छ।

 १४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले उक्त कुरा बताउनुभएको हो।

 थाहा भएअनुसार, गुगल कम्पनीले हालै राष्ट्रिय गान सर्चिङ नतिजा प्रदर्शन र्याकिङको संशोधन गरी सही राष्ट्रिय गानलाई शीर्ष स्थानमा राख्ने मागलाई अस्वीकार गरेको छ, हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले गुगल कम्पनीसँग अरू कुराकानी गर्ने धारणा व्यक्त गरेको छ।

 प्रवक्ता वाङ वनपिनले इन्टर्नेट व्यवसायले जनतालाई सही सूचना प्रवाह गर्ने दायित्व भएपनि गलत सूचना देखाएर जनतालाई भ्रमित पार्न नहुने कुरा दोहोर्याउनुभयो।