किन चीनले ३ वर्षसम्म कडा महामारी नियन्त्रण नीति चलाइरह्यो?
2022-12-16 16:59:13cri
Share with:

धेरैले प्रश्न गर्छन् कि अहिले यति धेरै मानिसलाई कोरोना संक्रमण हुनुरैछ भने चीनले किन ३/३ वर्षदेखि कडा महामारी नियन्त्रणको नीति चलाइरहेको थियो? उत्तर यही हो कि जनतालाई सबभन्दा धेरै हदसम्म समय प्रदान गर्ने हो।
३ वर्षयता कोभिड-१९ भाइरस उत्परिवर्तित भइरहेको छ। आल्फा, बेटा, गामा, डेल्टा, ओमिक्रोन समेत उत्परिवर्तित भाइरसले महामारी नियन्त्रण गर्न विभिन्न नयाँ चुतौती देखाएको छ। तर भाइरस उत्परिवर्तन भइरहेको अवस्थालाई चीनले कसरी नियन्त्रण गर्नसक्छ त?चीनले तीव्र गतिले संक्रमण स्रोत पत्ता लगाएर फैलावट श्रृंखलालाई विच्छेद गर्न सक्छ। वास्तवमा यो त निकै गाह्रो छ। चीनभर मानिसको प्रवाहलाई सुविधा प्रदान गर्न सन् २०२० मा चीनले सञ्चार बिग डाटा यात्रा कार्ड सार्वजनिक गरेको थियो भने चीनका १ अर्ब ६० करोड मोबाइलफोन प्रयोगकर्तालाई १४ दिनसम्म पुगेको नगरको सूचना सर्च सेवा प्रदान गरेको थियो।
 
तर सन् २०२१को अन्तमा ओमिक्रोन देखिएबाट चीनको महामारी नियन्त्रणमा नयाँ चुनौती देखियो। त्यतिखेर संसारमा ओमिक्रोन रूघा हो भन्ने प्रचार भइरहेको थियो तर चीनले महामारी नियन्त्रण नीतिलाई संशोधन गरेन। किन?यी डाटा विश्लेषण गर्दा:सन् २०२१ को अन्तमा चीनमा जम्मा गरी २ अर्ब ८३ करोड ५३ लाख ३२ हजार डोज कोभिड-१९ खोप पुगेको थियो भने सन् २०२२को डिसेम्बर १२ तारिखसम्म उक्त संख्या ३ अर्ब ४५ करोड २ लाख ४४ हजार पुगेको छ। तीमध्ये वृद्धि भएको ६१ करोड ४९ लाख १२ हजार डोजमध्ये धेरैजसो वृद्ध र बच्चाले लगाएका हुन। यसो हेर्दा बुझिन्छ कि, चीनले १ अर्ब ४० करोड चिनियाँलाई खोप लगाउन समयको आवश्यकता अनुरुप प्रयास गरिरहेको छ।
 
हालसम्म चीनले ओमिक्रोनबारे अझ बुझेर र बढी जनतालाई खोप लगाएर मात्र महामारी नियन्त्रण नीतिको संशोधन गरेको छ। यो नै चीनले महामारी नियन्त्रण गरेको ३ वर्ष हो।