आगामी वर्ष अमेरिकाको आर्थिक अवस्था अझ खराब हुने आधाभन्दा बढी अमेरिकीको विचार
2022-12-17 16:56:42cri
Share with:

अमेरिकी वाल स्ट्रिटले सार्वजनिक गरेको पछिल्लो जनमत अनुसार, सन् २०२३ मा अमेरिकाको आर्थिक अवस्था अहिलेभन्दा अझ खराब हुने आधाभन्दा बढी अमेरिकीको विचार रहेको छ।
 
रिपोर्टका अनुसार, हाल अमेरिकामा तेलको मूल्य घटेको छ। मुद्रास्फिति सुस्त भएको छ तापनि आर्थिक मन्दीबारे अमेरिकीको घारणामा कुनै पनि परिवर्तन भएको छैन।
 
उक्त जनमत अनुसार, ५२ प्रतिशत अमेरिकीले सन् २०२३ अमेरिकी आर्थिक अवस्था खराब हुने ठहर गरेका छन् भने २५ प्रतिशतले मात्र सुधार हुने विचार लिएका छन्। ६६ प्रतिशत जनमतले मुलुकले गलत आर्थिक बाटो छानेको विचार लिएको पनि जनमतमा देखाइएको छ।