केन्द्रिय आर्थिक कार्य सम्मेलन पैचिङमा
2022-12-17 16:55:17cri
Share with:

केन्द्रिय आर्थिक कार्य सम्मेलन डिसेम्बर १५ र १६ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनमा उपस्थित भएर महत्वपूर्ण भाषण दिनुभएको छ।
 
सम्मेलन अनुसार, यस वर्ष सीपीसी र चीनको इतिहासमा निकै महत्वपूर्ण एक वर्ष हो भने सीपीसी २०औँ महाधिवेशनको सफलताका साथ आयोजना गरी समाजवादी आधुनिकीकरण उन्मुख मुलुकको चौतर्फी निर्माण गर्ने महाप्रारूप कोरेको छ साथै राष्ट्राध्यक्ष सी चिनफिङ केन्द्रित सीपीसी केन्द्रिय समितिको दृढ नेतृत्वमा अपेक्षाभन्दा बढी बाहिरी प्रभावका तुलनामा चीनको आर्थिक तथा सामाजिक स्थिरतालाई कायम राखिएको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे अपाङ्ग खेलकुदको पनि सफलताका साथ आयोजना भएको छ। ती उपलब्धि पाउन सजिलो छैन।
 
सम्मेलनले जोड दिएको छ कि आगामी वर्षको आर्थिक विकास कार्य राम्रोसँग सम्पन्न गर्नका लागि सी चिनफिङ केन्द्रित नयाँ युगको विशेषतायुक्त समाजवाद विचारधाराको निर्देशनमा सीपीसी २०औँ महाधिवेशनका भावनाको व्यापक रुपमा पालना गर्नुपर्छ।