मालीमा भएका बल प्रयोगका गतिविधिमाथि संयुक्त राष्ट्र संघको निन्दा
2022-12-18 16:01:24cri
Share with:

संयुक्त राष्ट्र संघीय माली शान्ति संरक्षण बललाई १६ तारिख उत्तरी मालीमा प्रहार गरिएको छ जसबाट २ जना नाइजेरियाली शान्ति संरक्षक र मालीका १ जना सुरक्षाकर्मी मारिनुका साथै अरू ४ जना घाइते भएका छन्। सोही दिन संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषदले छुट्टा छुट्टै वक्तव्य प्रकाशित गरी उक्त गतिविधिको कडा शब्दमा निन्दा गरेका छन्।
गुटेरेसले अन्तर्राष्ट्रिय ऐनबमोजिम संयुक्त राष्ट्र संघीय शान्ति संरक्षण बललक्षित प्रहार युद्ध अपराध हुने भन्दै आक्रमणकारीलाई छिटै पक्राउ गर्न माली सरकारलाई आह्वान गर्नुभयो। संयुक्त राष्ट्र संघले मालीका जनतालाई अरू समर्थन गर्ने पनि गुटेरेसले दोहोर्याउनुभयो।
सुरक्षा परिषदले कुनै पनि किसिमका आतंकवाद नै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षालाई पार्नसक्ने सबैभन्दा गम्भीर धम्कीमध्येको एक हो भन्दै आक्रमकारीलाई पक्राउ गर्नुपर्ने कुरामा जोड दिएको छ।