जैविक विविधता सन्धिको पन्धौँ सदस्य सम्मेलनको दोस्रो चरणको उच्चस्तरीय बैठक सम्पन्न
2022-12-18 16:05:31cri
Share with:

स्थानीय समयअनुसार, संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धिको पन्धौँ सदस्य सम्मेलनको दोस्रो चरणको उच्चस्तरीय बैठक सम्पन्न भएको छ। सम्मेलनका अध्यक्ष एवम् चीनको पारिस्थितिकीय तथा वातावरण मन्त्री ह्वाङ रूनछ्युले समापन समारोहलाई अध्यक्षता गर्नुभएको छ। सन् २०२०पछि विश्व जैविक विविधता प्रारूप तीव्र पालना हुने सहभागीहरूका अपेक्षा छ।
 

ह्वाङ रूनछ्युले गत दुई दिनको छलफल उपलब्धिमुलक भएको भन्दै उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरी विश्व जैविक विविधता संरक्षणबारे चार बुँदे प्रस्ताव प्रस्तुत गरेबाट विश्वको जैविक विविधता व्यवस्थापनलाई बलियो राजनीतिक शक्ति प्रदान गरिएको व्यक्त गर्नुभयो।