उच्च गुणस्तरीय विकासको लागि बलियो तालमेलको निर्माण र आत्मविश्वास दृढ बनाउनुपर्ने
2022-12-19 14:56:51cri
Share with:

चिनियाँ केन्द्रीय आर्थिक कार्य सम्मेलनको भावनाले चीनका विभिन्न ठाउँहरूमा उत्साहजनक प्रतिक्रिया जगाएको देखिन्छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति नजिकबाट एकताबद्ध हुनुपर्ने कुरा चीनका धेरै कार्यकर्ता र जनसमुदायले व्यक्त गरेका छन्। आर्थिक र सामाजिक विकासको लक्ष्यलाई पुरा गर्न र उच्च गुणस्तरीय विकासको प्रवर्द्धन गर्न आत्मविश्वासलाई सुदृढ बनाउनुपर्ने र एकअर्कासँग तालमेल राखी बलियो शक्ति जम्मा गर्नुपर्ने पनि जनाइएको छ।

 

यस वर्षको केन्द्रीय आर्थिक कार्य सम्मेलनमा महासचिव सी चिनफिङले सन् २०२२ मा भएको आर्थिक कार्य र विगत पाँच वर्षको कार्यका साथै विगत दश वर्षको नयाँ युगमा भएका ठूलो परिवर्तनहरूको सारांश र समीक्षा गर्नुभएको थियो। विश्वको द्रुत परिवर्तन, कोभिड-१९ भाइरस महामारीको प्रभाव र घरेलु अर्थतन्त्रको मन्दीसमेतका धेरै परीक्षाहरू चिनियाँहरूले सामना गर्नुका साथै जनताको संरक्षण र स्वास्थ्यलाई प्रभावकारिताका साथ सुरक्षा गरेको मात्रै नभई राष्ट्रको आर्थिक विकासको पनि निर्माण गर्दैआएको उहाँले औँल्याउनुभयो।