जलवायु संकटको समाधानमा व्यवहारिक कार्यान्वयनको खाँचो: संयुक्त राष्ट्रसंघका अधिकारी
2022-12-19 14:56:09CRI
Share with:

चाइना मिडिया ग्रूपको "ग्लोबल एक्सन इनिसियटिभ २०२२" नामक विशेष कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप सन्धिको सचिवालयका कार्यकारी सचिव सिमोन स्टिल, इक्वेडरका वातावरण, जल तथा पर्यावरणीय संक्रमण मन्त्री गुस्ताभो म्यानरिक एवम् विश्वभरिका युवा प्रतिनिधिहरूसँग अन्तर्वार्ता लिइएको छ। उनीहरूले जलवायु संकटमा ध्यान दिन र दिगो विकासलाई अघि बढाउन आह्वान गरेका छन्। 

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप सन्धिको सचिवालयका कार्यकारी सचिव सिमोन स्टिलले विश्वव्यापी जलवायु परिवर्तन समस्यालक्षित कार्वाही नपुगेको र पर्याप्त तदारुकता नदेखाइएको बताउनुभयो। "युवाहरूले यस विषयमा आवाज उठाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

इक्वेडरका वातावरण, जल तथा पर्यावरणीय संक्रमण मन्त्री गुस्ताभो मानरिकले दिगो विकासको अर्थ वातावरण, समाज र अर्थतन्त्रको सही सन्तुलन हो भन्दै मानिसहरूले प्राकृतिक पर्यावरण र आर्थिक समृद्धिलाई सन्तुलित पार्दै समाजको सिर्जना गर्नुपर्छ जसबाट भविष्यका पुस्ताहरूले समान प्राकृतिक स्रोतहरू पाउन सकून् भनेर सुनिश्चितता दिन सकिने छ।

अफ्रिकाको लागि युनिसेफकी सद्भावना दूत भानेसा नकाटे र भारतका ११ वर्षीय जलवायु कार्यकर्ता लिसिप्रिया कांगुजामले 'जलवायु न्याय'मा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि आह्वान गर्नुभयो।

विश्वभरका धेरै युवा प्रतिनिधिहरूले जलवायु र ऊर्जा संकटको बारेमा चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनमा ध्यान दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।