चीन र रुसबीच संयुक्त सैन्य अभ्यास
2022-12-20 13:44:36cri
Share with:

चीन र रुसको वार्षिक सैन्य सहयोग योजनाअनुसार, डिसेम्बर २१ तारिखदेखि २७ तारिखसम्म चीन र रुसका जल सेनाहरूले चौशानदेखि थाइचौसम्मको पूर्वतिरको समुद्री क्षेत्रमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।

यस पटकको सैन्य अभ्यासको उद्देश्य दुई पक्षले समुद्री सुरक्षाको त्रास-धम्कीको संयुक्त रुपमा सामना गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने अठोट र क्षमता बढाउने र दुई मुलुकको नयाँ युगको चौतर्फी रणनीतिक सहयोगात्मक सम्बन्ध सबल पार्ने भन्ने रहेको छ।