चिनियाँ प्रतिनिधिद्वारा विभिन्न पक्षसँग इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सम्झौता पुनःसुचारूका लागि आग्रह
2022-12-20 13:46:13cri
Share with:

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि कङ श्वाङले डिसेम्बर १९ तारिख इरानको आणविक समस्यासम्बन्धी सुरक्षा परिषदको खुला बैठकमा विभिन्न पक्षसँग इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सम्झौता पुनःशुरु गर्ने काम अगाडि बढाउन आग्रह गर्नुभएको छ।

कङ श्वाङले चौतर्फी सम्झौता सुरक्षा परिषदद्वारा स्वीकार गरिएको महत्वपूर्ण बहुपक्षीय कूटनीतिक उपलब्धि हो र वार्तामार्फत विवादको समाधान गर्ने नमूना हो पनि भन्नुभयो।  

उहाँले चीनले उक्त चौतर्फी सम्झौतालाई सही बाटोमा पुनःफर्काउन, इरानको आणविक समस्याको राजनीतिक कूटनीतिक समाधान अगाडि बढाउन, मध्य पूर्व क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्नका लागि रचनात्मक भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो।