राष्ट्राध्यक्ष सी चिनफिङद्वारा "पाँचौँ अरब कला महोत्सव" लाई बधाई पत्र
2022-12-20 12:52:34cri
Share with:

डिसेम्बर १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले "पाँचौँ अरब कला महोत्सव" लाई बधाई पत्र पठाउनुभएको छ।

 

आफ्नो बधाई सन्देशमा, राष्ट्राध्यक्ष सी चिनफिङले चीन र अरबबीचको मैत्रीपूर्ण सम्बन्ध लामो समयदेखि बलियो हुँदै आएको औँल्याउनुभएको छ। प्राचीन सिल्क रोडदेखि "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणसम्म चीन र अरबले हातमा हात मिलाएर दुई पक्षीय सांस्कृतिक आदान-प्रदान र सहकार्य फलदायी तथा उपलब्धि हासिल गरेको पनि उहाँले व्यक्त गर्नुभयो।

 

यस चीन-अरब "अरब कला महोत्सव" को अवसरमा पहिलो चीन-अरब शिखर सम्मेलनको उपलब्धिलाई कार्यान्वयन गर्ने, सिल्क रोडको भावनालाई प्रचार गर्ने, परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्ने, मानव संस्कृतिको आदान-प्रदानलाई घनिष्ट बनाउने र चीन-अरब रणैतिक साझेदारी सम्बन्धलाई गहन बनाउन शक्ति थप्ने साथै नयाँ युगमा साझा भविष्यको साथ चीन-अरब भाग्य समुदायको संयुक्त निर्माण गर्ने आशा राष्ट्राध्यक्ष सी चिनफिङले लिनुभएको छ।