राष्ट्राध्यक्ष सीद्वारा आइभोरी कोस्टका राष्ट्रपति क्वाटारासँग टेलिफोन संवाद
2022-12-21 11:08:04cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर २० तारिख आइभोरी कोस्टका राष्ट्रपति आलासाने क्वाटारासँग टेलिफोन संवाद गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले आइभोरी कोस्ट अफ्रिकामा चीनको एउटा महत्त्वपूर्ण सहयोगात्मक साझेदार रहेको भन्दै आगामी वर्ष चीन-आइभोरी कोस्ट दौत्य सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सव हुने भएकोले दुवै पक्षका लागि यस वार्षिकोत्सवको महत्त्व भएको तथा उत्साहपूर्वक मनाउनुपर्ने बताउनुभएको छ। आइभोरी कोस्ट एक चीन नीतिमा अडिग रहेकोले चीनले उच्च प्रशंसा गरेको भन्दै आइभोरी कोस्टसँगै मिलेर आ-आफ्नो केन्द्रीय हित सम्बन्धी मामिलामा एक-अर्कालाई समर्थन गर्न, चीन-आइभोरी कोस्ट सम्बन्धलाई सुदृढ पार्न र दुई देश बीचको सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउन चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।

 

त्यस अवसरमा आइभोरी कोस्टका राष्ट्रपति आलासाने क्वाटाराले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव निर्वाचित हुनुभएकोमा फेरि पनि बधाई व्यक्त गर्नुभयो। राष्ट्रपति क्वाटाराले चीनसँगै मिलेर चीन-अफ्रिका सहयोग मञ्चको प्रारुपमा आपसी सहयोगलाई सबल पार्न र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा घनिष्ठ सम्पर्क गर्न आइभोरी कोस्ट इच्छुक रहेको व्यक्त गर्नुभएको छ।