अफगानिस्तानलाई दिइने समर्थन बढाउन चीनको आग्रह
2022-12-21 15:18:07CRI
Share with:

स्थानीय समयअनुसार डिसेम्बर २० तारिख संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अफगानिस्तान परिस्थितिबारे खुला बैठक आयोजित भएको छ। सो बैठकमा संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि चाङ च्युनले सम्बोधन गर्दै अफगानिस्तानलाई दिने समर्थन र सहयोग बढाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ।

थप समर्थन तथा सहयोगको लागि चीनका प्रतिनिधि चाङले ४ बुँदा प्रस्तुत गर्नुभएको छः आतङ्कवाद विरुद्धको कार्यलाई दृढतापूर्वक गर्नु। अफगानिस्तानलाई जनजीवनको कठिन अवस्थाबाट मुक्त पार्न सहयोग गर्नु। अफगानिस्तानको सकारात्मक विकासलाई साकार तुल्याउन समर्थन गर्नु र वार्ता तथा सम्पर्कलाई कायम राख्नु। यसका साथै अफगानी जनताको विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फिर्ता गर्नेपर्नेमा पनि चीनले फेरि जोड दिएको छ।

चीनका प्रतिनिधि चाङले अगाडि भन्नुभयोः अफगानिस्तानको शान्ति पुनः स्थापनामा संयुक्त राष्ट्रसंघको महत्वपूर्ण भूमिकालाई चीनले समर्थन दिँदै जाने छ र अफगानिस्तानको शान्ति, स्थिरता र विकासको लागि थप योगदान गर्न अन्तर्राष्ट्रिय समुदायसँग काम गर्ने इच्छा पनि चीनले लिएको छ।