केही अमेरिकी राजनीतिज्ञहरूलाई गलत बाटोमा नजान चेतावनी
2022-12-22 14:47:15CRI
Share with:

केही अमेरिकी राजनीतिज्ञहरूले कथित “हङकङ मानव अधिकार तथा लोकतन्त्र कानून”को तर्जुमा भएको तेस्रो वार्षिकोत्सवको नाममा अमेरिकी सरकारलाई चिट्ठी पठाएर सार्वजनिक रूपमा हङकङ राष्ट्रिय सुरक्षा कानूनमाथि हिलो छ्याप्नुका साथै हङकङ मामिला र चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको छ। त्यसप्रति हङकङस्थित चिनियाँ परराष्ट्र मन्त्रालयको सरकारी कार्यालयका प्रवक्ताले कडा असन्तोष र विरोध व्यक्त गरेर अमेरिकी राजनीतिज्ञलाई तुरून्तै राजनीतिक प्रदर्शनी रोक्न चेतावनी दिएका छन्।

ती प्रवक्ताका अनुसार, मातृभूमिमा फर्केको २५ वर्षमा, “एक देश दुई व्यवस्था”, “हङकङवासीद्वारा हङकङको शासन”, उच्चस्तरीय स्वशासन नीति पूर्ण रूपमा व्यवहारमा उतारेर अन्तर्राष्ट्रिय नामावलीमा हङकङको कानूनी शासन सूचकांक र स्वतन्त्र सूचकांक दुवै अमेरिकाभन्दा राम्रो छन्। हङकङ अराजकताबाट सुशासनसम्म विकास अवस्थाको केन्द्रिय अवधिमा छ। हङकङको उज्यालो भविष्यबारे हङकङवासी आशावादी हुनुका साथै अन्तर्राष्ट्रिय लगानीकर्ताले पनि व्यवहारिक गतिविधिमार्फत् विश्वास व्यक्त गरेका छन्।

कथित “हङकङ मानव अधिकार तथा लोकतन्त्र कानून” देशी कानूनबाट चिनियाँ आन्तरिक मामिलामाथि हस्ताक्षर गर्ने प्रभूत्ववादी गतिविधि हो। हाल केही अमेरिकी राजनीतिज्ञले त्यसमार्फत् हङकङ राष्ट्रिय कानूनमाथि प्रहार गर्न खोजेर अमेरिकी सरकारलाई चीन तथा हङकङमाथि दवाव बढाउन खोजेका छन्। यो  योजना गलत भएकोले हङकङबासी लगायत कुनै पनि चिनियाँ जनताले स्वीकार गर्नुहुँदैन। 

हङकङ, चीनको हङकङ र कानूनी प्रशासनिक हङकङ हो। हङकङ मामिला चीनको आन्तरिक मामिला हो। केही अमेरिकी राजनीतिज्ञसँग अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको पालना गरेर चीनको आन्तरिक मामिला र हङकङ मामिलामाथि हस्तक्षेप गर्ने काम बन्द गर्नुका साथै गलत बाटोमा टाढा नहिँड्न पनि सचेत गराइएको छ।