म्यान्मार सम्बन्धि सुरक्षा परिषदको गतिविधिमा सावधानी अपनाउनुपर्नेः चीन
2022-12-22 14:54:22CRI
Share with:

डिसेम्बर २१ मा राष्ट्र संघीय सुरक्षा परिषदमा म्यान्मारसम्बन्धी प्रस्तावको मतदानपछि संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि चाङ च्युनले ब्याख्यागत सम्बोधन गर्नुभएको छ। सम्बोधनमा उहाँले सुरक्षा परिषद्का गतिविधिहरू गर्दा सधैं सतर्क रहनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले भरखरै मतदान गरिएको प्रस्तावको मसौदाप्रति चीन चिन्तित रहेको बताउनुभयो। मस्यौदाको विषयवस्तुको परिमार्जन गरिए तापनि यस दस्तावेजको निहितार्थ अझै पनि असन्तुलित छ। त्यसैले चीनले बाध्य भएर मतदानमा बहिष्कार गरेको हो।

उहाँले अगाडि भन्नुभयोः म्यान्मार समस्याको तत्काल समाधानको तरिका पनि छैन र बाह्य समाधानको उपाय पनि छैन। सुरक्षा परिषद्ले दबाब दिने वा प्रतिबन्ध लगाउने जस्ता धम्कीबाट वर्तमान परिस्थितिलाई अझ जटिल र संकट झनै लम्बिने विचार पनि चाङले गर्नुभयो।

प्रतिनिधि चाङले उल्लेख गर्दै भन्नुभयोः सुरक्षा परिषद्ले राजनीतिक समाधानको सही दिशातिर हिँड्दै म्यान्मारका जनताको आधारभूत हितको रक्षाको लागि हितकर हुने र क्षेत्रीय समृद्धि तथा स्थिरताका लागि अनुकूल काम गर्ने अपेक्षा चीनले लिएको छ।