वाङ यीद्वारा एसिया सोसाइटी बोर्ड अफ डाइरेक्टरका सह-अध्यक्ष थोरन्टनसँग भेट
2022-12-23 13:21:38cri
Share with:

डिसेम्बर २२ तासिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य, राज्य परिषदका सदस्य एवम् विदेशमन्त्री वाङ यीले पैचिङमा एसिया सोसाइटी बोर्ड अफ डाइरेक्टरका सह-अध्यक्ष थोरन्टनसँग भेट गर्नुभयो।

 

वाङ यीले बालीमा भएको भेटवार्तामा दुई देशका नेताहरूले आपसी सम्बन्धको निर्देशकीय सिद्धान्तहरूको निर्माण गर्न महत्त्वपूर्ण सहमति भएको बताउनुभयो। पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र साझा बिजय भन्ने सहकार्यका तीन सिद्धान्त अनुसार चीन-अमेरिका मैत्रीपूर्ण सम्बन्ध बनाउन चीन इच्छुक भएको कुरा उहाँले व्यक्त गर्नुभयो।

 

सह-अध्यक्ष थोरन्टनले अमेरिका र चीन सहकार्य गर्न सक्ने रणनीतिक साझेदार हुनुपर्ने बताउनुभयो। अमेरिका-चीन आर्थिक र व्यापारिक आदान-प्रदानलाई प्रवर्द्धन गर्ने, अमेरिकीको लागि चीनबारे बुझाइ बढाउने र अमेरिका-चीन सम्बन्धको स्थिर विकास गर्ने कार्यमा सक्दो प्रयास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।